add

जुम्ला, २४ असार । जुम्लामा चट्याङलागेर १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ वटा भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।

“पाटनमा छ जना किसानका भेडा मरेका रहेका छन् । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ”, प्रनाउ रेग्मीले भन्नुभयो, “ पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।”

सुरक्षा निकाय र स्थानीयवासिको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको उपरीक्षक रेग्मीको भनाइ छ । उहाँका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

Facebook Comments Box