add

“कनकासुन्दरी गाउँपालिकाको समुन्नति आधार शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ गाउँपालिकाले १५ औं गाउँसभा सम्पन्न गरेको छ। यस गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर विकासको खाका कोरेका हुन् ।

अध्यक्ष आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने, सेवाको पहुँच बढाउने र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ। यस वर्षका लागि गाउँपालिकाले करिब ५० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने रकमः , वित्तीय समानीकरण अनुदान — रु. १० करोड १ लाख

सशर्त पूँजीगत अनुदान — रु. २ करोड ७० लाख , सशर्त चालु अनुदान — रु. १६ करोड ३० लाख

विशेष अनुदान — रु. १ करोड ७८ लाख , राजस्व बाँडफाँड — रु. ९ करोड १९ लाख ८४ हजार १ सय ३१

प्रदेश सरकारबाट प्राप्त हुने रकमः

वित्तीय समानीकरण अनुदान — रु. १ करोड २५ लाख ४९ हजार , सशर्त अनुदान — रु. २ करोड ३२ लाख ६९ हजार

राजस्व बाँडफाँड — रु. ७ लाख

आन्तरिक आम्दानी र अन्य स्रोतहरूः

आन्तरिक राजस्व संकलन — रु. ३२ लाख , आन्तरिक स्रोतबाट — रु. ४ करोड ६५ लाख

गैरसरकारी संस्थाबाट:

INF जुम्ला — रु. १७ लाख ८६ हजार ८ सय ६५ , क्याड नेपाल, जुम्ला — रु. ९२ लाख ८५ हजार

 यो बजेट संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र गैरसरकारी संस्थाहरूको सहकार्यबाट प्राप्त हुने अनुमान गरिएको छ ।बजेटको प्रमुख हिस्सा संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेको छ। सशर्त अनुदान, विशेष अनुदान तथा राजस्व बाँडफाँडका विभिन्न शीर्षकहरूबाट गाउँपालिकामा  बजेट प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट पनि समानीकरण अनुदान तथा सशर्त अनुदानमार्फत सहयोग प्राप्त हुने उल्लेख गरिएको छ ।

Facebook Comments Box