add

जुम्ला – सिजा गाउँपालिका – २  काे वडास्तरीय युवा क्लबले तरकारी बेचेर दुई लाख ५४ हजार रुपियाँ आम्दानी गरेकाे छ । ८० केजी च्याउ उत्पादन, ८ केजी भेण्टा, ६ केजी काउली, मुला उत्पादन गरि विक्री गरेर आम्दानी गरेका हाे ।
प्याजका बिरुवा उमारी ३ वटा बारीमा राेपिएकाेले यसबाट पनि क्लवले आम्दानी लिने  अध्यक्ष  बिश्वराज आचार्य बताए ।
कारीतास जर्मन, कारीतास नेपाल को आर्थिक सहयोगमा साँझेदारी सहयोग केन्द्र  (पेस नेपाल) जुम्लाद्वारा सञ्चालित मानविय सहायता  विपद् जोखिम न्यूनीकरण   (उत्थान ) परीयोजनाले  युवा क्लब गठन गरेकाे हाे । युवालाई आयआर्जनमा जाेड्न परियाेजनाकाे भुमिका रहेकाे संयाेजक हेमराज भट्टले बताए ।

Facebook Comments Box