add

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थालाई पाेषण मैत्री घाेषणा गरिएकाे छ । पालिका भित्र रहेका स्वास्थ्य चाैकी,आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलाे पालिकाका रुपमा पाेषण मैत्री घाेषणा गरिएकाे हाे ।

सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चाैकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पालिकाकाे स्वास्थ्य शाखालाई १६ वटा सूचक पूरागरी पूर्ण पाेषणमैत्री घाेषणा गरिएकाे हाे ।

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पाेषणमैत्री मुलुक घाेषणा गर्ने संकल्प गरिएको छ । साेही लक्ष्यनुसार सिंजा गाउँपालिका कर्णालीका ७९ वटा पालिका मध्य पाेषणमैत्री घाेषणा हुने पहिलाे पालिका बनेकाे हाे ।

साेमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक ओैपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पाेषणमैत्री घाेषणा गरिन् ।घाेषणा कार्यक्रमपछि बाेल्दै प्रतिनिधि सभा सदस्य विनिता कठायतले विनिता कठायतले पहिलाे पाेषणमैत्री पालिका घाेषणा गरेर सिंजाले कर्णालीमै नमुना उदाहरण पेश गरेकाे बताईन् ।

उनले भनिन,’अब विद्यालयमा पुर्ण रुपमा पाेषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नु पर्छ । जुम्लाका आठै पालिका मध्य पहिलाे पालिकाका रुपमा पाेषण मैत्री घाेषणा हुनु सुखद पक्ष हाे । घाेेषणा कार्यान्वयन र उत्पादन बृद्विमा जाेड दिन जरुरी छ ।’

शारिरिक,मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पाेषणमा ध्यान दिन जरुरी रहेकाे छ । स्थानीय सरकारले नीति तथा कार्यक्रममै पाेषणका सवाललाई प्रथामिकता दिन सुझाव दिईन् ।बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुकाे पाेषण अबस्था सुधार संगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजाले हाल सम्म गरेका महत्वपूर्ण काम मध्य पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा एक एतिहासिक काम भएकाे बताए । पालिकाले सुरुदेखिनै शिक्षा,स्वास्थ्य,पाेषण सुधारमा काम गर्दै आएकाे प्रतिफल देखिएकाे उल्लेख गरे ।

Facebook Comments Box