होम पाइपहरु अब जुम्लामा उत्पादन हुने
जुम्लामा एक करोड बढी लगानीमा खड्का होम पाइप उद्योग खुलेको छ।
उद्योगको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले एक समारोहबीच उद्घाटन गरेका हुन।
उद्योगले एक फिट देखि चार फिटसम्मका होप पाइपहरु निर्माण गर्ने खड्का होम पाइप उद्योगकी संचालक रामदेवी खड्काले बताइन्।
‘हाम्रो उद्योगमा सबै प्रकारका होम पाइपहरु उत्पादन हुनेछन्। होम पाइपको लम्बाई साडे दुई मिटरसम्मको हुन्छ,’ उनले भनिन्, ‘यस अघि बाहिर जिल्लाबाट होम पाइप ल्याएर निर्माण गर्नुपर्ने बाध्यता अब टर्नेछ।’
सडक निर्माण गर्दा खोला र ढलको निकास गर्न सहज हुने होम पाइप जुम्लामै खरिद गर्दा सस्तो पर्ने र सहज हुने निर्माण व्यवसायीहरुको भनाई छ।
Facebook Comments Box