add

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनालाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर बिरुद्ध मुद्दा दायर गरेको हो ।

स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा तिनीहरुले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरि अनियमितता गरेको आयोगको आरोप रहेको छ ।

अस्पतालमा १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४ लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा संकलन भएकाे थियाे ।

याेमध्य आठ लाख ३६ हजार तीन सय तीस रुपैयाँ रकम अस्पतालको खातामा दाखिला गरिएकाे र २५ लाख ६७ हजार पाँच सय २६ रुपैयाँ पचास पैसा रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल बताए ।

Facebook Comments Box