मैले याेग्य मान्छे छानेँ, कुलमान हटाएर सरकारले ठूलाे गल्ती गर्यो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पूर्वऊर्जामन्त्रीसमेत रहेका शर्माले आफूले योग्य मान्छे छानेर प्राधिकरणको नेतृत्वमा पठाएको पनि बताए ।
सरकारले घिसिङलाई हटाउने निर्णय नसच्याए पश्चाताप हुने उनको भनाइ छ । “विद्युत् प्राधिकरणकाे एमडीले काम गर्न नसकेकाे आराेप रहेछ । याे कुरा कसैले पत्याउँदैन । सरकारलाई अनुराेध गर्न चाहन्छु, याे निर्णय सच्याओस् । मैले बजारबाट याेग्यतम मान्छे छानेर बनाएँ । सरकारले ठूलाे गल्ती गर्यो । भाेलि पश्चाताप हुनेछ ।”
०७३ भदौमा तत्कालीन ऊर्जामन्त्री हुँदा शर्माले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।
Facebook Comments Box