add

जुम्ला : जिल्लाकाे कनकासुन्दरी-५  सिम्पाटी गाउँमा एक १० वर्षीयामाथि जबर्जस्ती करणी भएकाे घटना बाहिरिएको छ । पीडित बालिकाका मामा धर्मसिंह सुनारका अनुसार याे साउन २५ गतेकाे घटना हाे ।

२६ गते नै कनकासुन्दरीबाट जिल्ला सदरमुकाम पुगेका सुनारले विभिन्न पक्षकाे सहयाेगपछि  शुक्रबार  जिल्ला प्रहरी कार्यालय जुम्लामा करणी गर्नेविरुद्व मुद्दा दर्ता गरेका हुन् ।

घटना हुँदा बालिकाका आमा,बाबा तीर्थयात्रामा थिए । तीथर्थयात्राकाे क्रममा आमाबुबा मुगुस्थित छायानाथ गएकाे समयमा बालिकामाथि करणी भएकाे हाे । बालिका घरमा भाइ र बहिनी सँगै बस्दै आएकी थिइन् ।

करणी आराेपमा सोही गाउँका  अन्दाजी ४५ वर्षीय बलबिर सार्कीविरूद्व करणीकाे मुद्दा दर्ता भएकाे हाे । आराेपी सार्कीविरूद्व कार्यालयमा मुद्दा दर्ता भएकाे डिएसपी छेदीलाल कामतीले बताए।

`केहीदिन अघि बालिका र आफन्त कार्यालयमा आउनु भएकाे थियाे ।बालिकाले महिला प्रहरीसमक्ष  करणी भएको बयान दिएकी छन् । हाललाई मुद्दा दर्ता भएकाे छ । थप अनुसन्धान गर्दैछाै,’ डीएसपी कामतीले जुम्ला दर्पणलाई भने ।

मुद्दा शाखाका अनुसार दर्ता नम्बर १६ मा जबर्जस्ती करणी गर्ने विरुद्द मुद्दा दर्ता भएकाे छ ।यसअघि पनि आराेपी सार्कीले पटकपटक करणी प्रयास गरेकाे पीडितले दिएकाे जाहेरीमा उल्लेख छ  ।

जाहेरीमा आफूलाई कहिले चाउचाउ, बिस्कुट दिएर फकाउने गरेकाे, कहिले धम्की दिदैँ  पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख गरिएकाे छ ।

पछिल्लाे पटक साउन २५ गते दिउँसै बालिका घर नजिकै जंगल क्षेत्रमा माटाे लिन गएकाे समयमा  जबर्जस्ती करणी गर्न खोज्ने क्रममा गाउँलेले देखेपछि घटना बाहिरिएको हाे।

आरोपीको हुलिया र फोटो सबैतिर पठाइ खोजी कार्य सुरु गरिएको जुम्ला प्रहरीले जनाएकाे छ ।

जुम्लादर्पन सा्भार

Facebook Comments Box