ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु
ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा जहाजमा सवार चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ ।
दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ ।
एटीआर ७२–५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू सबैको मृत्यु भएको जनाएको छ।
आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।
Facebook Comments Box