add

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाली प्रदेसभाको बैठकमा विश्वासको मत लिन लागेको हुन्। 

उनले विश्वासको मत लिन शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २१ सांसदको समर्थन चाहिन्छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना र एक जना स्वतन्त्र सांसद छन्।

Facebook Comments Box