एक वर्षमा १७ हजार पर्यटक पुगे रारा ताल
जुम्ला । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य रारा तालमा एकै वर्षमा १७ हजारबढी पर्यटक पुगेका छन् । साविक कर्णालीको मुगु जिल्लामा अस्थित रारा तालमा गत आर्थिक वर्ष २०८०÷८१ मा जम्मा १७ हजार २ सय ९७ जना पर्यटकले रारा भ्रमण तथा अवलोकन गरेका हुन् ।
स्वर्गकी अप्सरा उपनाम पाएको रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण केन्द्र बनेको छ । होटल बासको अभाव,सडकको दुरावस्थाकै बीच पनि राराको सौन्दर्य अवलोकन गर्न रारामा हजारौको संख्यामा पर्यटक आउन थालेका हुने ।
कर्णाली प्रदेशकै प्रमुख गन्तव्य तथा सबैभन्दा ठुलो रारा तालमा पर्यटकको आगमन वर्षेनीके बढ्दै गएको छ । रारा राष्ट्यि निकुञ्जको कार्यालय मुगुको तथ्यांकनुसार गत आर्थिक बर्ष २०८०÷०८१ म वर्षभरी गरी कूल १७ हजार २ सय ९७ जना आन्तरीक तथा बाह्य पर्यटक रारा पुगेका छन ।
रारामा बाह्य भन्दा आन्तरिक पर्यटक बढी आएको तथ्यांकले देखाएको छ । जसमा आन्तरीक पर्यटक मात्रै १७ हजार रारामा पुग्दा सार्क राष्ट्का ६० जना पर्यटकले राराको भ्रमण गरेको देखिन्छ ।
त्यस्तै, विदेशी पर्यटक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताउनुभयो । उहाँका अनुसार रारामा गत वर्षको भन्दा ६ हजारले पर्यटक बृद्धि भएका छन् । आव २०७९÷८० मा रारामा तालमा वर्षभरीमा जम्मा ११ हजार पर्यटकले मात्रै राराको भ्रमण गरेका थिए ।
तर आव २०८०÷०८१ म ६ हजारले बृद्धि भएर १७ हजार पर्यटक रारा पुगेका हुन् । पर्यटन पूर्वाधारको अभावकै बीच पनि रारामा पर्यटकको आर्कषण बढ्नुले रारामा पर्यटन पूर्वाधार जोड दिनु पर्ने देखिएको छ । रारा तालमा विशेष गरी भदौदेखी कार्तिकको समयमा बढी पर्यटकले घुम्ने गरेका छन् । दशै तिहारको विदाको सदुपयोग गर्दै सामुदायिक तथा परिवारिक भ्रमण रारामा हुने गरेको निकुञ्जले जनाएको छ ।
प्रमुख धिताल भन्छन,‘पूर्वाधार बिना, सेवा सुविधानै नभएको अबस्थामा ६ हजारले बृद्धि भएर पर्यटक आउनु सुखद पक्ष हो । कर्णालीको पर्यटक विकासमा यसले नयाँ सन्देश मात्र दिएको छैन् । राज्यलाई कर्णालीको पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्ने पक्षलाई पनि जोड दिएको छ ।’
विगतको तुलनामा रारा पुग्ने सडक र हवाई यातायात केही सहज हुदैँ गएपनि अपेक्षित रुपमा पूर्वाधार विकासले गती लिन सकेको छैन् । तथापी चुनौती मोलेर धुलो माटो जोखमियुक्त सडकको प्रवाह नगरी रारामा पर्यटक पुग्नुलाई सकरात्मक रुपमा लिनु पर्ने प्रमुख धितालको भनाई छ ।
पछिल्लो वर्षमा काम विशेषले कर्णाली प्रदेश आउने जोसुकैले एक पटक रारा पुग्नै पर्ने कार्यतालिका समेत बनाउने गरेका छन् । खष भाषाको उद्गम स्थल सिंजा सभ्यताको अवलोकन गर्दै पर्यटक रारा पुग्ने गरेका छन् । हवाई सेवा सबैको पहुँचमा नभएको र नियमित उडान पनि नहुने भएकोले स्थलमार्गबाट अधिकांश पर्यटक आउने गरेका छन् ।
रारा पुग्ने नाग्म–गमगडी सडकको अबस्था सन्तोषजनक छैन् । उक्त सडक संचालन भएको डेढ दशकमा ६ किमी मुस्किलले कालोपत्रे भएपनि बाँकी ८७ किमी सडक अझै हिलाम्य र धुलाम्य छ । तथापी रारामा पर्यटकको आगमनको ग्राफ भने बढ्दो छ । कर्णाली राजमार्ग ब्यबस्थित नहुदाँ ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एक पटक आईसकेपछि फेरी आउन आनाकानी गर्ने गरेका छन् ।
नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा अस्थित रारा लाई कर्णालीको समृद्धी संग जोडेर त्यहाँको पूर्वाधार विकासका लागि प्रयाप्त लगानी गर्न संघ र प्रदेश सरकार गम्भीर हुनु पर्ने मुगालीको जोडदार माग छ ।
साथै निकुञ्जको तथ्यांकअनुसार गत बर्षमा रारा राष्ट्रिय निकुञ्जको कार्यालयले वर्षभरी ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्ज क्षेत्रमा पर्यटकले प्रवेश पाएसंगै विभिन्न शिर्षकमा उठाईले राजश्वनुसार रारामा ४५ लाख ९८ हजारबढी संकलन भएको हो ।