राजाका कारण प्रगति भएन भन्नेहरू ब्रह्मलुटमा मस्त छन् : कमल थापा
![add](https://sinjasanchar.com/wp-content/uploads/2024/02/inbound2196474374532557846.jpg)
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन समयमा राजाका कारण देश विकास भएन भन्नेहरू आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती भन्नेहरू अहिले सर्वसत्तावादी भएको उनले आरोप लगाए ।
पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा थापाले रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको कारक राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाइरहेको, दबाब र प्रभाब बढाउँदै लगेको उनले टिप्पणी गरे । राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाका निम्ति आफूहरूले राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको उनले जिकिर गरे ।
राप्रपा नेपाल परिवर्तनविरोधी शक्ति नभएको उनले बताए । परिवर्तन पक्षधर नै भएको उनले स्पष्ट पारे । तर, निरन्तरतासहितको परिवर्तन जरुरी भएको उनको भनाइ थियो ।
![](https://sinjasanchar.com/wp-content/uploads/2024/08/kamal-thapa5-1722678882-1024x587.jpg)