add

सुर्खेत । नीजि क्षेत्रको वायु सेवा कम्पनी वुद्ध एयरले काठमाडौं–सुर्खेत–काठमाडौं दैनिक उडान शुरु गरेको छ । यात्रुको मागअनुसार नियमित तीन उडान वुद्ध एयरले बिहीबारदेखि शुरु गरेको हो ।

एटीआर ७२ जहाजमार्फत दिउँसो ११ः४५ बजे थप तेस्रो उडान थालिएको वुद्ध एयरका सुर्खेत इन्चार्ज नरबहादुर बस्नेतले जानकारी दिए । वुद्ध एयरले यसअघि काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा विहान र दिउँसो दुई उडान भर्दै आएको थियो ।

बिहीबारबाट विहान थप उडान थालेपनि यात्रुहरुको संख्या उल्लेख्य नरहेको इन्चार्ज बस्नेतले बताए । ‘सुर्खेतबाट सरदर यात्रुहरुको संख्या ५५ भन्दा बढी छ तर काठमाडौंबाट सुर्खेत आउने यात्रुहरुको संख्या भने २० देखि २५ जना मात्रै हुनुहुन्छ,’ बस्नेतले भने, ‘सुरुवाती अवस्था भएकाले यात्रुको संख्यामा केही कमी भएको हुनसक्छ । हेरौं यात्रुको संख्या दुवैतर्फ बढ्दै जान्छन होला ।’

हाल दैनिक सुर्खेत काठमाडौं रुटमा श्री एयर र वुद्ध एयरलाइन्सले दुई–दुई उडान गरिरहेका छन् । दुवै एयरले दैनिक विहान र दिउँसो उडान भर्दै आएकोमा वुद्ध एयरले विहानको उडान थप गरेको हो ।

Facebook Comments Box