काँचो स्याउ नटिप्न सुझाव
जुम्ली किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न सुझाव दिइएको छ। अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो।
कृषि विज्ञका अनुसार भदौ पहिलो साता पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। उनले सुरक्षित स्याउ टिपाई तथा बजारीकरणका लागि जोड दिन आग्रह गरे।
भदौ महिनाको पहिलो सातासम्म स्याउ बिक्रि बितरण नगर्न किसान र व्यापारीलाई जुम्लाका स्थानीय तहले आग्रह गरेका छन्। परिपक्क र स्याउको रंग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्रि गर्न किसानलाई निर्देशन गरिएको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले भदौ महिनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्रि गर्ने किसान र ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने बताए।
काँचो नपाकेको स्याउ टिप्न स्थानीय तहले अनुमति नदिनु पर्ने र यस्ता कामहरुको निगरानी नजिकैको सरकारले गर्नुपर्ने उनी बताउँछन्। विगत वर्षहरुमा काँचो र अपरिपक्क स्याउ बाह्य बजारमा गएकै कारण जुम्लाको स्याउको पहिचान गुमेको छ। ‘स्याउ प्याकेजिङ्गमै समस्या समस्य छ, उनले भने, ‘स्याउको बजार पहिचान गरी स्याउ निर्यात हुनुपर्ने हो, किसानले हतारिन जरुरी छैन, बगैचामा पाकेको रातो गुलियो स्याउ बेच्नुको आनन्द फरक हुन्छ।’किसानमा जनचेतनाको कमी रहेका कारण बजारकरीकारणमा थुप्रै चुनौति छन्, उनले थपे।
स्याउ फुल्नु भन्दा पहिले जुम्लाको स्याउको बजार पहिचान गर्न आवश्यक छ। यता जुम्लाको तिला गाउँपालिकाले स्याउँ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले वडा एक देखि ९ वडासम्मका सबै स्याउ बगैंचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ।