add

कायरो — ‘इजरायलको आक्रमण’बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् ।

हानिया मंगलबार इरानहानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । ‘आज बिहानै, तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसका कारण उनी र उनका एक अंगरक्षकको मृत्यु भएको थियो,’ रिभोलुसनरी गार्डले भनेको छ ।

हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन । तर इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने ‘विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो’ भनेर प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box