add

कोशी प्रदेश सरकारबाटनेकपा माओवादी केन्द्र बाहिरिने भएकाे छन्। 

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए। 

उनका अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिँदै छन्।  कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री छन्। 

यस्तै नेकपा एमालेले पनि कोशी सरकारलाई दिएकाे समर्थन फिर्ता लिने एमाले र आमोवादीले संयुक्त रुपमा नयाँ सरकार गठनका लागि विशेष अधिवेशन आव्हान गर्ने निर्णय गरेकाे माओवादी नेता आङ्बोले बताए। 

Facebook Comments Box