add

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लाले डिजिटल संसार सँग प्रतिस्पर्धा गरि नयाँ अनुसन्धान गर्ने विद्यार्थी उत्पादन गर्ने दिन कुरिरहेको बताउनुभयो ।
जुम्लामा अवस्थित एशिया ईन्टरनेश्नल वोडिङ स्कुल जुम्लाको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै फेसवुकका मालिक मार्क जुकर बर्गरले फेस वुक अनुसन्धान गरेर ससारलाई एक बनाईदिएको बताउदै अव नेपालको जुम्लाले त्यो ताकत राख्ने बताउनुभयो ।
उहाँले जुम्लामा गुणस्तरीय शिक्षामा बृद्धि भईरहेको बताउदै यो बिषयमा जोड दिन आवश्यक रहेको थप्नु भयो । पुर्वमन्त्री भण्डारीले जुम्लाले हिजो बिरामी पठाउने क्षेत्रमा भारतबाट डाक्टर पढ्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनु गर्भको बिषय उल्लेख भएको बताउदै अव जुम्लाले डिजिटल वैज्ञानिक उत्पादन गर्न विद्यालयलाई शुभकामना दिनुभयो । उहाँले अव कर्णालीकै अब्बल जनशक्ति उत्पादन गर्ने बिषयमा कर्णाली प्रतिष्ठान प्रतिष्ठान पनि लाग्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले जिल्लाले देशको राजनेता समेत जन्माउने विद्यार्थी उत्पादन गर्न समेत प्रेणा दिनुभयो ।

Facebook Comments Box