add

जुम्लाका नेकपा माओवादी केन्द्रको कार्यालय वर्षौंदेखि खेलकुदको जग्गामा छ। एक हिसाबले माओवादीले कब्जा गरि राखेको छ। जिल्ला खेलकुद विकास समितिले बारम्बार ताकेता लगाउँदा समेत माओवादीले पार्टी कार्यालय सारेको छैन।

पार्टी कार्यालय सरी सक्यो भनेपनि खेलकुदकाे जग्गामा रहिरहेको जिल्ला खेलकुद विकास समितिका प्रमुख बरम महतले बताएका छन्। सरकारी सम्पत्ति प्रयोगमा नीति, नियम, ऐन कानुन पालना सबैले गराैं,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘खुकुरीकाे पीडा अचानाेलाई भने जस्तै हामीलाई भएको छ।’

उनले सधैंभरि सत्तामा रहेको माओवादीले खेलकुदलाई सहयोग गर्न किन कन्जुस्याइँ भनेर प्रश्न समेत गरेका छन्। ‘अरुलाई दाेष दिनु पूर्व आफू र आफ्ना वरिपरिकालाई हेर्नुस्। कसले कति सहयोग गरे हामीलाई थाहा छ,’ उनले अगाडि लेखेका छन्।

Facebook Comments Box