add

जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लको तातोपानी गाउँपालिका-४ गिडिखोला गाउँका अन्दाजी ३५ वर्षीय कालीप्रसाद उपाध्यायको मृत्यु भएको हो।

बुधबार साँझ करिब साढे ६ बजेको समयमा उनलाई करेन्ट लागेको तातोपानी-४ का वडा अध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए।

उनी गिडिखोलामा सञ्चालित २ सय ३० किलोवाट क्षमताको जाल्पादेवी विद्युत् आयोजनामा संस्थापक अपरेटरका रुपमा कार्यरत थिए।

वडा अध्यक्ष रोकायाका अनुसार उनी विद्युतको ट्रान्सफर्मरमा झुन्डिएको अवस्था फेला परेका थिए। ‘उहाँ ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा स्थानीय देखेपछि पो थाहा पाइयो।’ उनले भने।

उपाध्यायलाई तत्काल एम्बुलेन्समा उपचारका लागि सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Facebook Comments Box