रास्कोट नगरपालिकाले दुई वटा गाडी भए पनि २१ लाख ६० हजार गाडीको भाडा भुक्तानी गदै
कालीकोटको रास्कोट नगरपालिकाले निजी गाडी भाडामा लिएर चलाइरहेको छ । नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि स्कारपियो गाडी भाडामा लिएर चलाइरहेको छ ।
नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि नगर प्रमुख धर्मराज शाहीले जहिले पनि सेतो नम्बर प्लेटको सरकारी गाडी भन्दा पनि रातो प्लेटको गाडी चढेको पाइए छ । मासिक एक लाख ८० हजारमा स्कारपियो गाडी भाडामा लिएर चलाएको पाइएको हो । नगरपालिकाका लेखापाल वीरबहादुर रावतले मासिक एक लाख ८० हजार रुपियाँमा भाडामा चलाइरहेको बताए भाडाको गाडी चलाउँदा वर्षमा २१ लाख ६० हजार नगरपालिकाको बजेट खर्च भइरहेको लेखापाल रावतले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवान सिह बमले गत कात्तिक महिना देखि भाडाको गाडी चलाइरहेको बताए । यता नगरपालिकाको गाडी भने थन्किएका छन् ।वार्षिक करिब नौ लाखको इन्धन र २१ लाख ६० हजार गाडीको भाडा गरेर न्यूनतम वार्षिक रूपमा रास्कोट नगरपालिकाले ३० लाख ६० हजार नगरपालिकाले भुक्तानी गदै आएको छ ।
रास्कोट नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी गाडी बनाउन छोडेर भाडामा लिनुमा कमिसनको चक्कर भएको बताए । नाम नखुलाउने सर्तमा भने, ‘नगर प्रमुख धर्मराज शाहीकै आफ्नै नातेदारको गाडी भाडामा लिएर कमिसन लिने गरी भाडामा लिएको हो ।’
स्थानीय बसराज बमले राज्यको करबाट खरिद गरिएको गाडी थन्काएर भाडाको गाडी चलाउनुको पछाडि कमिसनकै चक्कर भएको बताए । उनले तत्काल सम्झौता खारेज गरी नगरकै गाडी चलाउनु पर्ने र वार्षिक ३० लाख बढी खर्च गर्न नहुने बताए ।