जुम्लामा १० हजार स्याउका विरुवा राेप्ने अभियानमा बिप्लव

जुम्ला । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव सी’ले जुम्लामा कृषि क्रान्ति थालेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्न,आयात घटाउन र परनिर्भरता अन्त्य गर्न विप्लबले हजाराै स्याउका बिरुवा राेपेर कृषि क्रान्ति थालेका हुन् । मुलुककाे व्यवस्था परिवर्तनका लागि दशवर्षे जनक्रान्ति गरेका विप्लव यतिबेला कृषि क्रान्तिमा जुटेका हुन् । कुनै समय बम,बारुद र गाेली संग खेल्ने विप्लब अहिले कुटाे काेदालाे,मलजल संग रमाई रहेका छन् । किसानलाई जाँगर दिईरहेका छन् ।
उत्पादन बृद्दि बिना मुलुक र जनताकाे समृद्दी सम्भव नहुने कुरामा विश्वास राख्दै विप्लवले कृषि क्रान्तिकाे यात्रालाई कर्णालीकाे जुम्लामा पुराएका छन् ।उर्वर बाँझाे जग्गालाई उपभाेग गरि स्याउका बिरुवा राेपी उत्पादन बढाउन १० हजार बिरुवा राेप्ने लक्ष्य बाेकेर विप्लप विहिबार जुम्ला पुगेका हुन् ।कृषि उत्पादनलाई प्रथामिकता दिने पार्टिकाे नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेकाे बाँझाे जग्गामा बृहत्त स्याउ खेती गर्न लागिएकाे हाे ।
विप्लवकाे नेतृत्वमा जुम्ला पुगेका टाेलीले हडुल्याकाे २२ हजार क्षेत्रफल जमिनमा १० हजार स्याउका बिरुवा राेप्ने अभियानकाे सुरु गरिएकाे छ । जसअन्तर्गत पहिलाे चरणमा भने एक हजार पाँच सय स्याउका बिरुवा राेपिने छ ।स्याउका बिरुवा राप्न विप्लबकाे नेतृत्वमा उत्तर कर्णाली व्युराे हुम्ला मुगु, जुम्ला, अछाम, कालिकाेट बाजुरसहितका नेकपा नेता कार्यकर्ताकाे टाेली जुम्ला पुगेकाे छ ।
उत्पादन बृद्दिबाट मात्रै समाज र राष्ट्काे उन्नती सम्भव हुने तथ्यलाई मध्यनजर गरी उर्वर जुम्लाकाे बाँझाे भुमिलाई उपभाेग गर्न र स्याउ समृद्दि हासिल गर्न स्याउखेती गर्न लागिएकाे बिप्लवले जनाकाएका छन् ।विप्लब भन्छन,’तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेनन् । अनुउत्पादन क्षेत्रमा बढ्दाे लगानीले राज्यकाे बजेट पनि रहेन् । उपलब्धि पनि देखिएन् । अब सबै पार्टिले गाउँगाउँका उत्पादन बृद्दिकाे जाँगर अभियान जरुरी छ । नेकपा पार्टि अब उत्पादन बृद्दिका क्षेत्रमा बढि केन्द्रित हुन्छ ।’
नेताहरुमा काम गर्ने,श्रम गर्ने पद्दतीकाे विकास भएमा जनता काम गर्न बाध्य हुन्छन् । नेताकाे विलासी जीवनशैलीले जनतालाई अल्छी बनाएकाे छ । तर नेकपा पार्टिले जनतालाई उत्पादनमा प्रेरित गर्न जुम्लामा स्याउ खेती गरिएकाे उनकाे भनाई छ ।
