add

जुम्ला । कर्णाली राजमार्ग अन्तरगत ताताेपानी गाउँपालिका वडा नं १ स्थित राँका र बाईराँका गाउँकाे बीचमा सुक्खा ढुंगा माटाेकाे पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्द भएकाे छ ।

ठुला ढुंगा सहितकाे पहिराे खस्दा सडक पुर्ण रुपमा अबरुद्द भएकाे तिला ग‌ाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । उनले भने,’सवारी राेकिएका छन् । आवतजावत ठप्प भएकाे छ । निरन्तर पहिराे पन्छाएपनि २/३ घण्टा लाग्ने देखिन्छ ।’

समय लाग्ने देखिएपछि आफू पालिका तिर फर्किसकेकाे र डाेजर आएर पन्छाउन सुरु गरिसकेकाे उनकाे भनाई छ ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले पहिराे पन्छाउन मेसिन परिचालन भईसकेकाे बताए ।

उनका अनुसार ढिलाे जानकारी प्राप्त भएपनि पहिराे पन्छाउन थालिएकाे छ । छिटै सडक खुलाउन खुल्ने गरिने छ ।

Facebook Comments Box