बंगलादेशमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुुमाए

काठमाण्डौ – बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गएकाे छ । २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको सकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।
एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो । ग्यास लिक भएर आगलागी भएकाे हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेकाे खबरमा उल्लेख छ ।
भर्याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको उनीहरुले बताएका छन् । सुरक्षा नियमलाई कडाइका साथ पालना नगरी लापरबाही गरेका कारण बंगलादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटना भइरहन्छन् ।
यसअघि सन् २०२१ को जुलाइमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित ५० जना भन्दा बढीको ज्यान गएको थियो ।
