add

ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा आगलागी भएको थियो । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको पूर्णरुपमा जलेको अवस्थामा शव फेला परेको प्रहरी जनाएको छ । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाईएको छ ।

आगलागी भए पश्चात स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगरप्रहरीले ट्याक्टरमा जडित पानी ट्यांकरबाट आगो नियन्त्रणमा लिईएकाे थिए । मधुवन नगरपालिका दमकलको सहायताले शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।

ठाकुरबाबा नगरपालिकामा दमकल नहुँदा आगलागीबाट ठूलो धनजनको क्षती भएको स्थानीयले बताएका छन् । उनीहरुले तत्काल दमकल खरिद गर्न माग गरेका छन् । ठाकुबाबा नगपालिकाका मेयर तिलकराम लम्सालले दमकल ल्याउने प्रक्रिया अब सुरु गरिने बताए ।

Facebook Comments Box