सुर्खेतमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु

सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए ।सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ ।उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box