जुम्लामा आगलागी, ४१ लाख बराबरको क्षति

जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ। पातारासी गाउँपालिका वडा नम्वर २ तल्फीका कलसिंह सार्कि काे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे छ। गएराति साढे ११ बजे अचानक आगलागी हुँदा घर जलेर खरानी भएकाे पातारासी २ का वडा अध्यक्ष बल बहादुर बाहाेराले बताएका छन्।
२८ जना संयुक्त परिवारकाे २ तले घर जल्दा परिवारकाे विचल्ली भएकाे उनले बताएका छन्।
वडा अध्यक्ष बाहाेराका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि पुरै अन्न, लत्ता कपडा, भाडा कुडा, गरगहना, र महत्वपूर्ण सामान जलेर नष्ट भएका छन्।
भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी यम बहादुर बुढा मगरले नयाँ कर्णालीलाई जानकारी दिएका छन्। आगलागीकाे कारण खुल्न सकेकाे छैन, अनुसन्धानकै क्रममा रहेकाे उनले बताए।
यतिबेला पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया राेकाया लगायतका जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्।पिडित परिवारलाई राहत तथा पुनर्स्थापना का लागि पालिका लाग्ने पातारासीका अध्यक्ष पुर्णसिंह बाहाेराले बतमएका छन्। आगलागीबाट २८ जनाकाे संयुक्त परिवार पुर्णरुपमा रित्ताे बनेकाे उपाध्यक्ष जनमाया राेकायाले बताएकि छन्। तत्काल खान बस्न समेत केहि पनि नभएकाेले गाउँपालिका व्यवस्थापनमा जुट्ने उनले बताइन।
