रवि लामिछाने फागुन १८ गते जुम्ला आउने

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन १८ गते जुम्ला आउने भएका छन् । कर्णाली क्षेत्रमा सहज विद्युत आपुर्तिका सरकारलाई दबाब दिन र जिल्लाको स्थिती बुझ्न सभापति लामिछाने जुम्ला आउन लागेका हुन् ।
लामो समयदेखि विद्युत अभाव खेपिरहेको कर्लाणी क्षेत्रमा विद्युत् पु¥याउ र स्रोत पहिचान गरी विद्युत् उत्पादन गर्न सरकारलाई दबाब दिन जुम्ला आउन लागेको रास्वापाकी सांसद विनिता कठायतले बताईन् । उनका अनुसार जुम्लामा झरो बालेर व्याङ्ग्यात्मक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनले भनिन,‘हाम्रोमा राष्ट्रिय प्रसारण लाइन नाम मात्रको छ । बत्तीका नाममा स्थानीयले सास्ती मात्रै पाएका छन् । विद्युत् उत्पादनको प्रचुर सम्भावना भएपनि लगानी अभाव र राज्यले ध्इान नदिँदा कर्णाली अहिले पनि बत्तीको अभाव खेप्न बाध्य छ । अबको विकासमा कर्णालीलाई प्रथामिकता राख्न सरकारको ध्यानर्कषण गराउन सभापति सहितको टिम जुम्ला आउन लागेको हो ।’
सभापति लामिछाने सँगै पार्टीटी केन्द्रीय सदस्य तथा सांसद सोविता गौतम पनि आउने तयारी छ ।