दादुरा–रुबेला विरुँद्दको खोप सम्बन्धी अभिमुखिकरण गोष्ठी संचालन

जुम्लाको चन्ददनाथ नगरपालिकामा दादुरा–रुबेला विरुँद्दको खोप सम्बन्धी अभिमुखिकरण गोष्ठी संचालन गरीएको छ । आज नगरपािलकामा वडा अध्यक्ष,कार्यपालिका सदश्य,स्वास्थ्यकर्मी,पत्रकारहरुको उपस्थितिमा अभिमुखीकरण गोष्ठी संचालन गरीएको थियो ।
यहि फागुन १३ गतेबाट जुम्लाका आठवटै स्थानीय तहका १० हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने अभियानमा अत्तरगत चन्दनाथ नगरपािलकाका १० वडाका २२ खोप केन्द्रबाट खोप लागाईने भएको छ ।
१५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई नगरका २२ वटा खोप केन्द्रमा खोप अभियान संचालन गरिने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथिनाथ योगिले बताए ।
राष्ट्रि खोप कार्यक्रम अन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा–रुबेला खोपमुक्त नेपाल घोषणा गर्ने लक्ष्यनुसार खोप अभियान सञ्चालन हुन लागेको प्रमुख सापकोटाले जानकारी दिए।
उनले भने, ‘खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुनेछन् भने आठ पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ। खोप उमेर समुहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुद बनाइएको छ।’
जन्मेदेखि १५ महिना अवधिभर लगाउने पर्ने विभिन्न खोप नलगाएपछि दादुरा–रुबेला रोग संक्रमरण हुने भएकोले दादुराको खोप अनिर्वाय लगाउनु पर्ने प्रमुख सापकोटाको भनाइ छ।
जुम्लाका आठ पालिका मध्ये पहिलो चरणमा चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म र दोस्रो चरणमा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान संचाला हुने जनस्वास्थ्य कार्यालय,जुम्लाले जानकारी दिएको छ ।
सरकारी तथ्यांकनुसार खोपउमेर समूहका १६ प्रतिशत बालबालिका अझै नियमित खोपबाट बन्चित रहेका छन्।
हरेक ४–५ वर्षको बीचमा दादुरा रुबेलाको प्रकोप फैलिने गरेको छ। नियमित खोपबाट बन्चित बालबालिका दादुरा–रुबेलाको बढी जोखिममा हुने गरेका छन्।
नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिएपनि सफल हुन सकेन्। पुनः नेपाललाई सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने घोषणाका लागि फागुन १३ गतेदेखि देशभर खोप अभियान थालिएको छ।
