सुर्खेतमा गुडिरहेकाे मोटरसाईकलमा आगलागी

वीरेन्द्रनगरकाे सुर्खेतमा गुडिरहेकाे मोटरसाईकलमा आगलागी भएको छ । उमा आयल स्टोरबाट पेट्रोल हालेर तातापानीतर्फ जाँदै गरेको मोटरसाईकलमा यरिचाकमा आगलागी भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००९ प ३९०३ नम्बरको मोटरसाईलमा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयकाअनुसार एक्काशी मोटरसाईलमा आललागी भएको हो ।
मोटरसाइकलमा सवार योगेन्द्र शाहीले वीरेन्द्रनगर–३ तातापानी जाने क्रममा आगलागी भएको नेपालकर्मलाई जानकारी दिए । ‘अफिसतिर जाँदै गर्दा खुट्टामा तातो भयो रोकेर हेर्दा आगो बलिरहेको देखे,’ शाहीले भने, ‘भर्खरै बाइकमा तेल भरेर आएको थिए । आगो झनझन बल्दै जाँदा पूरै मोरसाईकल खरानी भयो ।’
शाही दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का हुन् । उनी बडिमालिका निर्माण सेवामा काम गर्ने कर्मचारी हुन् ।

Facebook Comments Box