जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुखसहित तीन जनाले सफाइ पाए

जुम्ला
भ्रष्टाचार मुद्दामा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुखसहित तीन जनाले सफाइ पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही, तत्कालीन स्टोरकिपर गोविन्द खनाल र बाँके, डुडुवा गाउँकार्यपालिकाको कार्यालयमा सि.अ.हे.व. छैठौ पदमा कार्यरत सिताराम चौधरीले बिशेष अदालतबाट सफाइ पाएका हुन् । उनीहरुको मिलेममतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च दुरुपयोग गरेको अभियोग थियो । फार्मेसीबाट युटुलिटि ग्लोभ्स लगायतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिएका थिए । यसरी उनीहरुले ८१ हजार आठ सय २२ रुपैयाँ बराबरको भ्रष्टाचार गरेका थिए ।
साथै शाहीले कार्यालयको खर्चबाट खरिद गरेको सात हजार सात सय बराबर रकमको औषधि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि खरिद गरी भुक्तानीसमेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाई हानिनोक्सानी पु¥याएको अभियोग थियो ।