add

हुम्ला।

हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । गाउँपालिका केन्द्र सर्केगाड बजारमा गाडी यस अघि गाडि पुगे पनि गोठी गाउँमा सडकले भने छोएको थिएन ।

स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएको बताए । गाडि पुगे पछि स्थानियले बाजा गाजासहित खुिसयाली मनाएका थिए । सडक संजालसगं जोडिए पछि आवतजावतमा सहज हुने भएको छ । अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक सञ्जालसँग जोडिएपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ ।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेव, पङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि यस अघि नै पूर्वाधार विकास कार्यालयले रु चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो ।

Facebook Comments Box