add

फागुन । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा “थुप्रै मानिसहरू“ मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले सोमबार भन्नुभयो– “ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए ।“के योे तार्किक छैन ?“ उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेकमा छन् ।अल जजीराका अनुसार बोरेलले भने– “यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ ।“यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् ।

Facebook Comments Box