कर्णालीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्।
कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए। उनले भने, ‘चालकको सकुशल उद्धार गरिएको छ। सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन।’
बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। रासस
Facebook Comments Box